+
+

झापामा आगो निभाउने क्रममा एक जनाको मृत्यु, १२ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २२ गते ८:२८

२२ पुस, काठमाडौं । झापामा घरमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । मेचीनगर नगरपालिका-८ का ४५ वर्षीय शारदा राजवंशीको मृत्यु भएको हो ।

बुधबार राति  मेचीनगर नगरपालिका-७ पिपल चोकस्थित केशब पाठकको एक तले कच्ची घरमा लागेको आगो निभाउने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आगो निभाउने क्रममा ग्याँस सिलिण्डर पड्किंदा शारदा घाइते भएकी थिइन् । उपचारका लागि एन्जल मेडिकल धुलाबारी पुर्‍याउनेवित्तिकै मृत्यु भएको प्रहरीको भनाइ छ ।

घाइते हुनेहरूमा मेचीनगरकै लेखनाथ तिमल्सिना, दीपेन्द्र कार्की, चन्दन गौतम, सुबलाल राजवंशी, विनोद गिरी, नवराज श्रेष्ठ, सन्देश बोहोरा, भवानीशंकर न्यौपाने, हरिबहादुर बिक, निर्मल शर्मा, ८ वर्षीया बालिका सुशीला अधिकारी र बिर्तामोडका गोविन्द्रप्रसाद राजवंशी घाइते भएका छन् ।

बालिका  स्थानीय मेडिकलमा उपचारपछि डिस्चार्ज भइसकेकी छन् भने अन्य घाइतेहरूको बीएनसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?