+
+

अमेरिकामा एकैदिन साढे १३ लाख कोरोना संक्रमित थपिए

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २७ गते १६:४५

२७ पुस, काठमाडौं । कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्ट तीव्र रुपमा फैलिएसँगै अमेरिकामा दैनिक संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

अमेरिकामा सोमबार १३ लाख ५० हजार संक्रमित थपिएको रोइटर्स समाचार माध्यमले जनाएको छ । जुन महामारी सुरु भएयता कुनै पनि मुलुकमा पुष्टि भएका दैनिक संक्रमितको संख्याभन्दा निकै धेरै हो । यसअघि जनवरी ३ मा त्यहाँ १० लाख ३० हजार नयाँ संक्रमित थपिएका थिए ।

अमेरिकाका अधिकांश राज्यले सप्ताहन्तमा संक्रमितको संख्याबारे जानकारी नगराउँदा हरेक सोमबार मात्रै दैनिक संक्रमितको संख्या सार्वजनिक गर्न थालिएको छ । त्यहाँ २ हप्ताको अवधिमा दैनिक रुपमा थपिने संक्रमितको संख्या औसतले ३ गुणाले बढेर ७ लाख पुगेको छ ।

त्यस्तै, अस्पताल भर्ना हुने संक्रमितको संख्यासमेत हालसम्मकै उच्च बिन्दुमा पुगेको समाचारमा उल्लेख छ । ३ हप्तामा अस्पताल भर्ना हुने संक्रमितको संख्या दोब्बरले बढेको छ । अमेरिकामा हाल एक लाख ३६ हजार ६०४ संक्रमित अस्पतालमा छन् । जुन संख्या गत वर्षको जनवरीमा उच्च बिन्दुमा अर्थात् एक लाख ३२ हजार ५१ पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?