+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

एनआरएनद्वारा ६० लाखको ‘मोबाइल ब्लड बैंक बस’ सुदूरपश्चिम प्रदेशलाई हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ४ गते ७:०९

४ माघ, बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुदूरपश्चिम प्रदेशलाई  ‘मोबाइल ब्लड बैंक बस’ सहयोग गरेको छ । विदेशस्थित गैरआवासीय नेपालीहरूको सहयोगमा कुल ६० लाख लागतमा खरिद गरिएको बस सोमबार धनगढीमा आयोजित एक कार्यक्रमकाबीच संघले हस्तान्तरण गरेको हो।

आधुनिक प्रविधिसहितको बसबाट लामो दुरीका रक्त संकलन स्थलमा गएर बसभित्रै रक्त दान गर्ने, संकलन गर्ने र सुरक्षित रुपमा ब्लड बैंकसम्म ल्याउन सक्ने सुविधा रहेको संघले जनाएको छ।

संघका अध्यक्ष कुमार पन्तले धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडमार्फत कैलाली रेडक्रसका अध्यक्ष उत्तम जोशीलाई ‘मोबाइल ब्लड बैंक बस’  गरेका हुन् ।

कार्यक्रममा एनआरएनएका संरक्षक जीवा लामिछाने, उपाध्यक्ष डा बद्री केसी, महासचिव डा. हेम राज शर्मा, प्रवक्ता डिवी क्षेत्री, सल्लाहकार कुल आचार्य लगायत एनआरएन अभियन्ताहरु सहभागी थिए ।

‘मोबाइल ब्लड बस’ परियोजनामा हालका सचिव गौरीराज जोशी संयोजक र आईसीसी पूर्वकोषाध्यक्ष हिक्मत थापा सहसंयोजक थिए ।

एनआरएनएले नेपालमा मानव कल्याणकारी योजना अन्तर्गत पहिलो घुम्ती रगत बस भरतपुर महानगरपालिकामार्फत चितवन रेडक्रसलाई हस्तान्तरण गरिसकेको छ भने आगामी दिनमा सबै प्रदेशमा पुर्‍याउने लक्ष्य छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?