
टाटा मोटर्स नेपालको आधिकारी विक्रेता सिप्रदी ट्रेडिङ प्रालि र टाटा मोटर्सले गएको दशैं र तिहारलाई लक्षित गरी संयुक्तरुपमा सञ्चालन गरेको बम्फर अफरको बम्परको गोलाप्रथाबाट विजेता घोषणा गरेको छ ।
‘आशा र उमंग बाँडौं, मनाउँ खुशियाली, यो दशैं र तिहारमा टाटा किन्दा जाँदैन हात खाली’ भन्दै सञ्चालित योजनाको सोमबार टाटा मोटर्स् ट्रक एण्ड बसेस् नेपालको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्षरुपमा गोलाप्रथाबाट विजेता छनौट गरिएको कम्पनीले जानकारी दिएको छ ।
देशैभरबाट ग्राहकको सहभागिता रहेको यस योजनामा काठमाडौं र पोखराबाट १४ जना, इटहरीबाट ५ जना, हेटौंडाबाट १४ जना, बुटवलबाट ५ जना र नेपालगन्जबाट ५ जना गरि कुल ४३ जना ग्राहकहरू बिजेता भएका छन् ।
विजेताहरूमध्ये सामसुङ ट्याव एस सेभेन एफ इ ११ जना, एलजी डवल डोर फ्रिज ११ जना, ८ केजी वासिङ मेसिन ७ जना, सामसुङ ग्यालेक्सी फ्लिप थ्री मोबाइल ७ जना र एमआइ ६५ इन्च फोरके टिभी ७ जनाले प्राप्त गरेका छन् ।
प्रतिक्रिया 4