
१८ माघ, जनकपुरधाम। मधेश प्रदेशका पत्रकारहरुको स्वास्थ्य बीमा गरिने भएको छ ।
प्रदेशका आठ वटै जिल्लामा कार्यरत सबै पत्रकारको स्वास्थ्य बीमा गरिने तयारी आमसञ्चार प्राधिकरणले थालेको छ । प्राधिकरणले मंगलबार पत्रकारको स्वास्थ्य बीमा गर्ने सम्बन्धमा सरोकारबालासँग छलफल गरेको छ ।
जनकपुरधाममा आयोजना गरिएको कार्यक्रममा प्राधिकरण अध्यक्ष श्यामसुन्दर यादवले पत्रकारहरुको रु ७ लाखको स्वास्थ्य बीमा गरिने जानकारी दिए । उनले उक्त बीमामा स्वास्थ्यका साथै दुर्घटना बीमा पनि समावेश भएको बताए ।
उनले पत्रकार अस्वस्थ्य भएमा या दुर्घटना भएमा रु १ लाखसम्मको खर्च गरिएको बीमाबाट व्यहोरिने र पत्रकार अशक्त भएमा या मृत्यु भएमा रु ७ लाख प्रदान गरिने बताए ।
अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहले कलम चलाउने पत्रकारका लागि पहिलो चरणमा बीमा कार्यक्रम गरिने र त्यसपछि अन्य कार्यक्रमहरु पनि ल्याउने बताए । उनले सकृय रुपमा काम गर्ने कोहि पनि पत्रकार बीमा गर्नबाट छुट्न नहुने बताए ।
राज्य मन्त्री रुबी कर्णले पत्रकारप्रति आफूहरु गम्भीर रहेको भन्दै यथासक्य सहयोग गर्न आफूहरु तयार रहेको बताइन् ।
प्रतिक्रिया 4