+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

लेजरबाट मिसाइल ध्वस्त पार्ने प्रतिरक्षा प्रणाली विकास गर्दै इजरायल

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १९ गते ८:२१
गाजाको सिमाना नजिक लेजर सिस्टमको एक युनिट चेक गर्दै इजरायल एक प्रहरीका अधिकारी । तस्वीर : इजरायल प्रहरी

१९ माघ, काठमाडौं । इजरायलका प्रधानमन्त्री नफताली बेनेटले मिसाइल रोक्ने नयाँ प्रविधिसहित आफ्नो मुलुक एक वर्षभित्र ‘लेजरसहितको रक्षाकवच’बाट सुसज्जित हुने बताएका छन् ।

मंगलबार तेल अभिभस्थित इन्स्टिच्युट फर नेशनल सेक्युरिटी स्टडिजमा बोल्दै प्रधानमन्त्री बेनेटले मिसाइल रोक्ने नयाँ प्रविधिसहित एक वर्षभित्र लेजरसहितको रक्षाकवचबाट इजरायल सुसज्जित हुने बताएका हुन् ।

इजरायली सेनाले आगामी वर्षदेखि दक्षिणी क्षेत्रमा सुरुमा परीक्षण स्वरुप र पछि नियमित रुपमा लेजरबाट मिसाइल ध्वस्त पार्ने प्रतिरक्षा प्रणाली प्रयोग गर्न लागेको जेरुसलेम पोष्टले जनाएको छ । ‘यसले हामीलाई पछिसम्म मिसाइल, रकेट, ड्रोन तथा अन्य खतराबाट इजरायललाई बचाउने एवं हामीविरुद्ध हाम्रा दुश्मनसँग भएका सबै तुरुप ध्वस्त पार्ने लेजरको घेराभित्र रहन सघाउने छ’, बेनेटलाई उदृत गर्दै समाचारमा उल्लेख गरिएको छ ।

इजरायलले इरान र उसका सहयोगीबाट खतरा झेलिरहेका क्षेत्रीय मुलुकलाई लेजर प्रविधि उपलब्ध गराउने पनि बेनेटले बताएका थिए ।

जुन महिनामा नै इजरायलको रक्षा मन्त्रालयले सानो आकारको हवाइ जहाजमा जडित शक्तिशाली लेजर प्रणालीबाट ड्रोन ध्वस्त पारेको थियो । उक्त प्रणालीले १ किलोमिटर परबाटै कैयौं ड्रोन ध्वस्त पार्न सफल भएको थियो ।

हाल त्यहाँको मन्त्रालयले २० किलोमिटरसम्म निशाना बनाउन सक्ने सय किलोवाट क्षमताको लेजर प्रविधि विकास गर्न लागेको समाचारमा उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?