+
+

द्रूतमार्गका सुरुङमार्गको डिजाइन स्वीकृत, ठेकदार निर्माणस्थलमा

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २५ गते १२:२४

१२ वैशाख, काठमाडौं । नेपाली सेनाले काठमाडौं-तराई-मधेश द्रुतमार्गको सुरुङमार्ग र त्यससँग जोडिने अग्लापुलहरुको डिजाइन स्वीकृत भएको छ । सुरुङमार्गहरू बनाउन दुई वटा प्याकेजमा ठेक्का लागेको छ ।

ईपीसी मोडलको ठेक्काअनुसार ठेकदारहरुले नै गरेको डिजाइनलाई सेनाले स्वीकृत गरेर निर्माणस्थलमा  पठाइएको नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी नारायण सिलवालले अनलाइनखबरलाई जानकारी दिए । ‘उहाँहरुले सुरूङमार्ग बन्ने स्थलमा सर्भेको काम सुरु गर्नुभएको छ,’ उनले भने,’अक केही समयभित्रै सुरुङ खन्ने काम सुरु हुन्छ ।’

यी दुई प्याकेजको लागत नेपाली मूल्यअनुसार ४४ अर्ब रुपैयाँ छ ।  एउटा प्याकेजअन्तरगत मकवानपुरको धेद्रेमा (सिम्पानीदेखि चालिसे खोल्सी १.३७ किमी) र लेनडाँडामा (घट्टेपाखादेखि बाँदरेखोल्सी १.४ किमी) गरी दुई वटा सुरुङमार्ग र पुल निर्माण अघि बढ्ने छ । यो काम पोली च्याङ्दा कर्पोरेसनले २५ अर्ब ९ करोड ५९ लाख ७६ हजार ३३७ रुपैयाँमा सो कामको ठेक्का पाएको छ ।

महादेवडाँडामा अर्को ३.३ किलोमिटरको प्याकेजको काम १८ अर्ब ७८ करोड ७० लाख ६५ हजार ६ सय रुपैयाँमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङले पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?