
१५ फागुन, काठमाडौं । काठमाडौं–बनारस रुटमा पुनः सिधा उडान हुने भएको छ । यो रुटमा बुद्ध एयरले नियमित उडान गरिरहेको थियो । कोरोना भाइरसको महामारीपछि रोकिएको यो रुटको उडान १ अप्रिल (१८ चैत)देखि पुनः सञ्चालन हुने कम्पनीले जनाएको छ ।
कम्पनीले कुन-कुन बार कति उडान गर्ने भन्ने विवरण भने सार्वजनिक गरेको छैन । दुई धार्मिक गन्तव्य (काठमाडौंदेखि भारतको बनारस)लाई जोड्ने गरी कम्पनीले यो रुटमा उडान गरिरहेको थियो । यस रुटमा नेपाली तथा भारतीय दुवै मुलुकका तीर्थयात्रुले यात्रा गर्छन् ।
विगतमा बनारसका नागरिकलाई पशुपतिनाथ र नेपालका यात्रुलाई बनारसका विभिन्न गन्तब्यमा घुमाउन बुद्ध होलिडेजले प्याकेज समेत बिक्रि गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4