
तिलप्रसाद श्रेष्ठ (बाँया) र लालबहादुर कुँवर
२६ फागुन, काठमाडौं । उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् ।
बिहीबार बसेको न्याय परिषदको बैठकले उनलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको न्यायपरिषदका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।
बैठकले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । अब श्रेष्ठको नाम संसदीय सुनुवाइका लागि पठाइने छ भने कुँवरलाई अब कामू प्रधानन्यायाधीश दीपककुमार कार्कीले उच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नेछन् ।
संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएमा तिलप्रसाद श्रेष्ठ २०८३ भदौ १३ गतेसम्म सर्वोच्च अदालतको न्यायाधीश हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4