+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

एमाले जिम्मेवार भए महत्त्वपूर्ण विधेयक पारित गर्छौं : कानुनमन्त्री बडु

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २९ गते १५:३३

२९ फागुन, काठमाडौं । सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले जिम्मेवार भएमा केही दिनमा नागरिकता लगायतका महत्त्वपूर्ण विधेयकहरु संसदबाट पारित हुने बताएको छ ।

आइतबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले महत्वपूर्ण विधेयक दलीय सहमतिबाट संसदमा पेश र पारित गर्नुपर्ने भन्दै एमाले संवेदनशील भएमा केही दिनमा विधेयकहरु पारित हुने बताए ।

‘यो यस्तो विषय छ, जहाँ दलीय रुपले सहमति बनाएर छलफलबाट पेश गर्नुपर्छ र दलीय सहमति बनाएर निश्कर्षमा पुर्‍याउनुपर्छ’ उनले विधेयकहरुबारे भने, ‘हेरौं उहाँहरु यसमा संवेदनशील भइदिनुभयो भने केही दिनमा महत्वपूर्ण विधेयक प्रक्रिया अनुसार पारित हुन्छ ।’

जनताका जल्दाबल्दा समस्यासम्बन्ध विधेयक विचाराधीन रहेको भन्दै उनले ती विधेयकमाथिको छलफलमा एमाले सहभागी हुनुपर्ने बताए ।

‘जनताका जल्दाबल्दा विषयहरु अध्यादेशमार्फत विचाराधीन छ, अगाडि बढ्न सकेका छैनन् नाराबाजी छाडेर त्यसमा केन्द्रित बन्नुस् हाम्रो आग्रह छ’ मन्त्री बडुले भने ।

एमाले जिम्मेवार बनेमा संसद मार्फत जनताप्रतिको उत्तरदायित्व पूरा हुने उनले बताए । ‘जनताका यति महत्वपूर्ण समस्या जो बल्झिएका छन्, त्यसलाई संसदमा मुखरित गर्नुपर्छ सरकारलाई जिम्मेवार बनाउन उहाँहरु आइदिनुपपर्छ । छलफलमा भाग लिनुपर्छ । त्यस्तै सबै विधेयकको छलफलमा उहाँहरुको सहभागिता हुनुपर्छ’ मन्त्री बडुले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?