
६ चैत, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मंसिर २०७९ मा हुने प्रतिनिधिसभाको निर्वाचनबाट राष्ट्रिय पार्टी बनाउने दावी गरेका छन् । पार्टी कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै उनले आफूहरुको मुख्य लक्ष्य राष्ट्रिय पार्टी बन्ने भएको बताए ।
‘हाम्रो मुख्य लक्ष्य भनेको ०७९ मंसिरमा हुने संसदीय चुनावबाट हामी राप्रपा नेपाललाई राष्ट्रिय पार्टी बनाउछौं’ उनले भने ।
त्यसपछि पनि आफूहरुको गति तीव्र हुने भन्दै थापाले केही वर्षमा नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीहरुसरहको पार्टी बन्ने दावी गरे । आफूलाई सामाजिक सञ्जालमा गाली गरेको भन्दै थापाले त्यसले केही फरक नपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4