+

स्कुल जान किन डराउँछन् बालबालिका ?

२०७८ चैत  १८ गते १२:१७ २०७८ चैत १८ गते १२:१७
स्कुल जान किन डराउँछन् बालबालिका ?

काठमाडौं । बच्चाहरुले ‘मलाई स्कुल जान मन लाग्दैन’ भन्ने गरेको धैरैपटक सुन्नुभएको होला । कतिपय बच्चा त विद्यालय नजान भनेर रुवावासी समेत गर्ने गर्छन् । अन्त्यमा उनीहरुको रोएको देखेर अभिभावकले उनीहरुलाई विद्यालय पठाउँदैनन्, तर धेरैपटक अभिभावकहरुको मनमा यो प्रश्न आउँछ कि आफ्नो बच्चा किन विद्यालय जानबाट यति डराउँछ ?

यसबाहेक कतिपय अभिभावकहरु यस्ता हुन्छन् जसले बालबालिकाको डर र विद्यालय नगएको कारण बुझ्नुको सट्टा आफ्नो बच्चा झुट बोलेको वा बहाना बनाएर कुटपिट गरेर विद्यालय पठाउँछन् । माथिका दुई घटनामध्ये कुन उचित हुन्छ ? धेरैपटक बालबालिकाले अभिभावकहरुले बच्चालाई विद्यालय पठाउनै सक्दैनन् ।

कोरोना महामारीपछि अहिले विद्यालय खुल्न थालेका छन्, यो अवधिमा बालबालिकालाई विद्यालय पठाउन मुस्किल भइरहेको छ । यस्तो अवस्थामा बच्चालाई पिटेर भन्दा पनि उनीहरुको समस्या बुझेर व्यवहार गर्नुपर्छ ।

बच्चा किन स्कुल जान डराउँछन् ?

बच्चाले विद्यालय जान नरुचाउनुमा विद्यालयमा उनीहरुमाथि हुने विभिन्न किसिमका विभेद मुख्य कारण रहेको मनोविद्हरु बताउँछन् । मनोविद् विजय ज्ञवाली विद्यालयमा विद्यार्थीहरुबीच हुने अस्वस्थ प्रतिस्पर्धा र शिक्षकले गर्ने विभेदका कारण पनि बालबालिका विद्यालय जानबाट डर मान्ने गरेको सुनाउँछन् । बालबच्चा विद्यालय जान डराउनुमा निम्न कारण हुने मनोविद्हरु बताउँछन् ।

असफलताको डर

बालबालिकाको मन निकै नरम हुन्छ । विद्यालयको पहिलो दिनमा उनीहरूमाथि केही असहज हुने व्यवहार गरियो वा उनीहरुलाई खिस्याउने वा हप्काउने काम गरियो भने उनीहरु विद्यालय जान मान्दैनन् । त्यस्तो अवस्थामा तिनीहरूको दिमागमा आत्मविश्वासको कमी हुन सक्छ र तिनीहरू हरेक दिन विद्यालय जान डराउन थाल्छन् ।

यति मात्र होइन, यसका कारण बालबालिका असफल हुन नचाहेका कारण केही नयाँ प्रयास गर्न डराउँछन् त्यही अनुरुप उनीहरु विद्यालय जान पनि डराउने गरेको उनीहरुको भनाइ छ ।

सामाजिक परिस्थितिको डर

पहिलोपटक जब बच्चा घरबाट विद्यालय जान्छन्, उनीहरूमा अपरिचित मान्छेसँग पनि डर हुन्छ । त्यसकारण उनीहरू बाहिरका मानिसहरूसँग खुलेर बोल्न सक्दैनन् । अर्को बच्चासँग कुरा गर्दा वा शिक्षकले केही सोध्दा पनि उनी रुन थाल्छन् । यसबाहेक विद्यालयको नियम पालना गर्न पनि उनीहरुले सहजै सक्दैनन् । त्यसैले सामाजिक परिस्थितिको कारणले पनि उनीहरुमा डरको सिर्जना गराउँछ ।

अरू बच्चाको तुलनामा आफूलाई कम मूल्यांकन गर्दा

स्कुलको प्रारम्भिक दिनमा बच्चाले आफ्ना साथी वा सहपाठीसँग सबै कुरामा प्रतिस्पर्धा गर्छन् । पढाइ होस् वा खेलकुद होस् उनीहरु अरुभन्दा अघि बढ्न चाहन्छन् । त्यो सही पनि हो । तर कहिलेकाहीं बच्चाहरू हार्ने वा अरुभन्दा पछि परिन्छ भन्ने भयले पनि विद्यालय जान डराउँछन् । तर विद्यालय जान थालेपछि बिस्तारै साथीहरूलाई राम्रोसँग बुझ्न थाल्छ ।  अन्य बच्चाको तुलनामा सिक्न धेरै समय लगाउने बच्चा पनि विद्यालय जानुपूर्व बढी डराउने गर्छन् ।

घरपरिवारबाट टाढा रहनुपर्ने डर

जन्मेदेखि २–३ वर्षको उमेरसम्म बच्चाले परिवारका सदस्यसँग मात्रै समय बिताउँछ । यदि बाहिरका व्यक्ति वा स्कुलको दैनिकीसँग परिचित नहुँदा उनीहरु असहज महसुस गर्छन् ।

आमाबुवाबाट टाढा हुनुपर्दा उनीहरु रुने गर्छन् । जसकारण पनि उनीहरु विद्यालय जाने बेलामा डराउँछन् ।

अरूबाट अलग हुने डर

स्कुलको प्रारम्भिक दिनमा साथीहरुमाझ कमजोर ठहराउँदा र प्रश्नको जवाफ दिन नसक्दा शिक्षकले गाली गर्दा पनि उनीहरुमा विद्यालय जान डर लाग्न सक्छ ।

अभिभावकले पनि आफ्ना बच्चाको कमीकमजोरी हटाउन मद्दत गर्नुको साटो उल्टो गाली गर्दा उनीहरुको मनोबल घट्छ । जसकारण उनीहरु विद्यालय जान मन पराउँदैनन् ।

छुट बालबालिका स्कुल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मलेरियाको जोखिम कसलाई बढी हुन्छ ?

मलेरियाको जोखिम कसलाई बढी हुन्छ ?

प्लास्टिक सर्जरी र कस्मेटिक सर्जरीमा के फरक छ ?

प्लास्टिक सर्जरी र कस्मेटिक सर्जरीमा के फरक छ ?

बच्चाले मोबाइल, टिभी नहेरी खाना खाँदैनन् ? यस्ता छन् ९ टिप्स

बच्चाले मोबाइल, टिभी नहेरी खाना खाँदैनन् ? यस्ता छन् ९ टिप्स

सन प्रोटेक्सन क्रिम लगाउने सही तरिका के हो ?

सन प्रोटेक्सन क्रिम लगाउने सही तरिका के हो ?

महिनावारी रोकिनु गर्भ रहेको संकेत हो ?

महिनावारी रोकिनु गर्भ रहेको संकेत हो ?

आँखामा आनो किन आउँछ, के छ उपचार ?

आँखामा आनो किन आउँछ, के छ उपचार ?