+

श्रीलंकन क्लबसँग हारेपछि मछिन्द्रका प्रशिक्षकले भने : फरवार्डको कमी भयो

२०७८ चैत  २२ गते १९:४५ २०७८ चैत २२ गते १९:४५
श्रीलंकन क्लबसँग हारेपछि मछिन्द्रका प्रशिक्षकले भने : फरवार्डको कमी भयो

२२ चैत, काठमाडौं । एएफसी कप २०२२ को प्रारम्भिक चरणबाटै बाहिरिएको मछिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटुवालले राम्रो खेले पनि जित्न नसकेको बताएका छन् ।

दशरथ रंगशालामा श्रीलंकन सुपर लिग च्याम्पियन क्लब ब्लु स्टार स्पोर्टिङ क्लबसँग २-१ ले पराजित हुँदै एएफसी कप २०२२ को प्रारम्भिक चरणबाटै बाहिरिएपछि पत्रकारसित कुरा गर्दै कटुवालले खेलमा फरवार्डको कमी महसुस भएको बताए । भने, ‘हामीले विदेशी खेलाडी परिवर्तन गर्न खोज्दासमेत पाएनौं ।’

मछिन्द्रलाई हराउँदै अप्रिल १२ मा भारतको कोलकतामा एटिके मोहन बगानसँगको भेट पक्का गरेको श्रीलंकन क्लबका प्रशिक्षक साम्बन्दा समाराकोनले घरेलु टोली मछिन्द्रले राम्रो खेलेको बताए । उनले भने, ‘पहिलो हाफमा गरेको गोल रक्षा गरेर खेल्यौं र विजयी भयौं ।’

उनले आर्थिक समस्यामा जुधिरहेको श्रीलंकालाई यो जितले अलिकति भए पनि खुसी दिएको उनले बताए । श्रीलंकाको राष्ट्रिय संकटको असर खेलाडीमा पनि रहेको भन्दै उनले संकटका बीचमा पनि राम्रो खेलेको बताए ।

खेलको प्लेयर अफ दी म्याच भएका सेनाल सन्देशले यो जितका लागि धेरै मेहनत गरेको बताए । उनले भने, ‘घरेलु टोलीसँग खेल्न शारीरिक र मानसिक ?पमा तयार भएर नेपाल आएका थियौं ।’

एएफसी कप प्रवेश कटुवाल मछिन्द्र एफसी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय