+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

मण्डलामा ‘तीन ट्रान्जिट’ नाटक मञ्चन हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २५ गते १२:२०

काठमाडौं । वर्तमान राजनीतिक परिवेश र आयाममा आधारित नाटक ‘तीन ट्रान्जिट’ शुक्रबारदेखि मण्डला नाटकघरमा मञ्चन सुरु हुने भएको छ ।

काठमाडौंको थापागाउँस्थित नाटकघरमा बेलुका ५ बजेदेखि सुरु हुने नाटकलाई सोमनाथ खनालले निर्देशन गरेका हुन् । वैशाख ४ गतेसम्म चल्ने नाटकमा बुद्धि तामाङ र विजय बरालको मुख्य भूमिका छ ।

काठमाडौं, दुबई र अमेरिकाका तीन ट्रान्जिटमा भेटिएका एकापसमा अपरिचित नेपालीले नेपालको राजनीतिलाई कसरी बुझेका छन् भन्ने कथा नाटकले प्रस्तुत गर्छ ।

नाटकमा मोहन चाम्लिङ राई, क्रिस्टिना बस्नेत, विपिन जयसवाल, प्रशंसा सिवाकोटी, प्रवीण पुरी, रविन्द्र खत्री, भुवन लोहार, न्याथन रायन, दिग्गज खत्री, स्मृति श्रेष्ठ, रेखा लिम्बू, युगल लिम्बू, रेश्मा लिम्बू, कृशल श्रेष्ठ, मिलन खड्का, राजीव चौधरीले अभिनय गरेका छन् ।

सोमबारबाहेक प्रत्येक दिन बेलुका ५ बजे र शनिबार दिउँसो १ बजे नाटक मञ्चन हुने मण्डला थिएटरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?