+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

६ मतले हारेका रामकुमारले फेरि गन्दा १ मतले जिते

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २९ गते २०:४०

२९ चैत, सप्तरी । एक महिनाअघि भएको नेपाली कांग्रेस सप्तरीको निर्वाचनमा उपसभापति पदमा ६ मतले पराजित भएका उम्मेदवार फेरि गणना गर्दा १ मतले निर्वाचित भएका छन् ।

२४ फागुनमा भएको निर्वाचनको मत परिणाम अनुसार उपसभापति पदमा संस्थापन पक्षका फतेह मोहम्द १ हजार ६९ र रामप्रसाद मण्डल १ हजार ५९ मत ल्याएर निर्वाचित भएका थिए ।

डा. शेखर कोइराला पक्षका उम्मेदवार रामकुमार यादव १ हजार ५३ र ध्रुवनारायण चौधरीे ९ सय ५४ मत प्राप्त गर्दै पराजित भएका थिए ।

रामप्रसादसँग ६ मतले पराजित भएका रामकुमारले पुनः मतगणनाको माग गर्दै केन्द्रीय निर्वाचन समितिमा उजुरी दिएका थिए ।

केन्द्रीय निर्वाचन समितिले जिल्ला निर्वाचन अधिकृतबाट प्राप्त सक्कल मतगणना रजिष्टर र मतगणना सिटसमेत जाँच गरी हेर्दा यादवको १ हजार ५३ र मण्डलको १ हजार ५२ मात्रै देखिएको भन्दै यादवलाई उपसभापतिको प्रमाण पत्र दिएको छ ।

रामप्रसाद मण्डलको नाममा जारी भएको नेपाली कांग्रेस सप्तरी जिल्लाको उपसभापति पदको निर्चाचित भएको प्रमाण पत्र रद्ध गर्दै दोस्रो बढी मत प्राप्त गरी निर्वाचित भएका यादवको नाममा उपसभापति पदको निर्वाचित भएको प्रमाण पत्र केन्द्रबाट नै जारी गरी उनलाई प्रदान गर्ने निर्णय गरेको छ ।

केन्द्रीय निर्वाचन समितिका सदस्य तेजबहादुर रावल, एगराज पोखरेल र सीताराम केसीले गरेको निर्णयमा जिल्ला निर्वाचन अधिकृतबाट केन्द्रमा प्राप्त सक्कल मतगणना सिट तथा मतगणना सक्कल पुस्तिकमा उल्लेखित उपरोक्त मत परिणाम अनुसार दुई जना उम्मेदवारहरुमध्ये रामकुमारले कुल १ हजार ५३ मत र रामप्रसादले १ हजार ५२ मत प्राप्त गरेको स्पष्ट हुँदाहुँदै, मतपरिणामको कुल योगफल निकाल्दा त्रुटी गरी रामकुमारभन्दा १ मत कम प्राप्त गरेका रामप्रसादको मत बढी देखाई, निजलाई निर्वाचित घोषणा गरेको सप्तरी जिल्ला निर्वाचन अधिकृतको निर्णय प्रथम दृष्टिमै गलत र त्रुटिपूर्ण भएकाले निर्णय खारेज गरेको लेखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?