+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

३ अर्ब २० करोड गुगल क्रोम प्रयोगकर्ता ह्याकरको निसानामा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ६ गते ११:१३

काठमाडौं । गुगलले आफ्नो वेब ब्राउजर गुगल क्रोमका लागि पछिल्लो तीन हप्तामा तीनवटा नयाँ सेक्योरिटी अपडेट जारी गरेको छ ।

रिपोर्ट अनुसार गुगल क्रोममा रहेको एक समस्याका कारण ३ अर्ब २० करोड प्रयोगकर्ताहरु सुरक्षा जोखिममा परेका थिए । गुगल क्रोममा नयाँ खाले समस्या तथा खतरा फेला परेको थियो जसको फाइदा उठाएर ह्याकरहरुले क्रोम प्रयोगकर्ताका निजी तथा गोप्य जानकारीहरु चोरी गर्ने तथा प्रयोगकर्तालाई आफ्नो सिकार बनाउने जोखिम उत्पन्न भएसँगै गुगलले क्रोम ब्राउजरका लागि एक आपतकालीन अपडेट जारी गरेको हो ।

उक्त अपडेटसँगै गुगलले क्रोममा देखा परेको खतरनाक बगलाई निस्तेज पारेको जनाएको छ । गुगल क्रोममा देखिएको उक्त बगलाई CVE-2022-1364 नाम दिइएको छ ।

साथै गुगलले क्रोम ब्राउजर प्रयोगकर्तालाई आफ्नो ब्राउजर तुरुन्तै अपडेट गर्न पनि अनुरोध गरेको छ । भाइरस निस्तेज पारेसँगै गुगलले क्रोमको १००.०.४८९६.१२७ भर्सन पनि जारी गरेको छ । यो संस्करण विन्डोज, म्याक र लिनक्स तीनवटै प्लाटफर्मका लागि हो ।

गुगलले अपडेट जारी गरे पनि क्रोम ब्राउजर आफैं अपडेट हुने छैन । यसका लागि प्रयोगकर्ता आफैंले आफ्नो डिभाइसको क्रोम ब्राउजर अपडेट गर्नुपर्ने हुन्छ । तपाईं पनि आफ्नो ब्राउजरको About खण्डमा गएर अपडेट उपलब्ध रहे/नरहेको जाँच गरी यदि उपलब्ध रहेमा तुरुन्तै अपडेट गर्न सक्नुहुन्छ ।

यदि ब्राउजरमा तत्काल अपडेट उपलब्ध नभएमा अपडेट नगरुन्जेल सोसल मिडिया अकाउन्ट तथा बैंकिङ लगायतका अकाउन्ट अपडेट नगर्नु नै उपयुक्त हुन्छ ।

–एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?