संसार हेर्ने
संसार फेर्ने लालसाले
कहिले लतारिंदै
कहिले घिसारिंदै
कहिले बोकिंदै
कहिले ठोकिंदै
कतै भित्तो समातेर
कतै रेलिङ्ग च्यापेर
ऊ भ्यू-टावरको टुप्पासम्मै पुग्यो
तर अपसोच
भ्यू-टावरको टुप्पाबाट
उसले पहिले हेर्न खोजेको
पहिले फेर्न खोजेको
केही देखेन/केही भेटेन
किनकि
टावरको टुप्पामा टेक्ने बेलासम्म
उसले आफ्नो ‘वर्ल्डभ्यू’ सबै गुमाइसकेको थियो।
लेखक
ऋषि बस्ताकोटी
कवि एवं गीतरकार बस्ताकोटी प्रकृति संरक्षणका एक अभियन्ता पनि हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4