+
+

कांग्रेस सजिलोसँग पहिलो पार्टी बन्छ : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३० गते ९:५१

३० वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तह निर्वाचनमा कांग्रेस सजिलोसँग पहिलो पार्टी हुने दाबी गरेका छन् ।

मत हाल्न मतदान केन्द्र पुगेका महामन्त्री थापाले भने, ‘लोकतन्त्र र संविधानको रक्षाको लागि भएको गठबन्धन र नेपाली कांग्रेसकै कार्यकर्ताहरूको सक्रियताको कारण पहिलो पाटी बन्नेमा शंका छैन ।’

महामन्त्री थापाले यसपटक निर्वाचन मतदाता शिक्षा भने प्रभावकारी नभएको बताएका छन् । पार्टी र आयोग दुवैको तर्फबाट मतदाता शिक्षा प्रभावकारी नभएको र मौन अवधिमा मात्रै यसको महसुस भएको उनको भनाइ छ ।

थापाले काठमाडौं महानगरपालिका-३१ को मैतीदेवीको केनद्रबाट मतदान गर्दैछन् ।

तस्वीर : चन्द्रबहादुर आले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?