+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सर्वदलीय सहमति भएमा काठमाडौंमा रातिबाटै मतगणना

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३० गते २०:०६

३० वैशाख, काठमडौं । सर्वदलीय-सर्वपक्षीय बैठकमा सहमति भए काठमाडौं महानगरपालिकाको मतगणना आजै रातिबाट हुने भएको छ ।

काठमाडौंको जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईका अनुसार  सबै मतपत्रसहितको पेटिका आएपछि सर्वदलीय-सर्वपक्षीय बैठक बैठक हुनेछ । सर्वदलीय बैठकले सहमति गरेमा रातिबाटै मतगणना सुरू हुनसक्ने उनले बताए ।

काठमाडौं महानगरपालिकाको मतगणना राष्ट्रिय सभागृहमा हुने भएको छ । भट्टराईका अनुसार सभागृहमा धमाधम मतदान स्थलहरुबाट मतपत्रसहितको बाकस आउनेक्रम जारी छ ।

सर्वदलीय-सर्वपक्षीय बैठकमा सहमति नभए निर्वाचन अधिकृतहरुले मतगणनाको समय हेरफेर हुनसक्ने भट्टराईले बताए ।

सर्वदलीय-सर्वपक्षीय बैठकले निर्णय गरेमा काठमडौं जिल्लाका सबै पालिकाको आजै रातिदेखि मतगणना गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?