
१ जेठ, वीरगञ्ज । पर्साको बिन्दबासिनी गाउँपालिका-१ को वडाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) का अक्षयलाल महतो निर्वाचित भएका छन् ।
३ सय ७९ मत ल्याएर महतो विजयी भएको निर्वाचन अधिकृत अरुण कुमार कोइरालाले जानकारी दिए । उनको निकटतम प्रतिद्वन्दी नेकपा एमालेका सगिर मियाँले २ सय ७१ मत ल्याएका छन् ।
वडा सदस्यहरुमा भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रेम मुखिया वीन (३६५), सेनजित ठाकुर (३२७), कुसुमीकुमारी देवी ( महिला सदस्य ३४४), मान्ती देवी (दलित महिला सदस्य ३७०) विजयी भएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4