+
+

ताप्लेजुङको फक्ताङलुङमा माओवादीका लिम्बु निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते ७:०९

२ जेठ, ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका राजन लिम्बु निर्वाचित भएका छन् । लिम्बु २ हजार ६६० मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सरोज लिम्बु २ हजार ३१२ मत पाए । जसपाकी मञ्जिता लिम्बु १५० मत सहित तेस्रो स्थानमा रहिन् ।

यसैगरी गाउँपालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेसका रविन साम्रा लिम्बु निर्वाचित भएका छन् । उनले नेकपा एमालेकी शान्तिमाया लिम्बु (पौडेल)लाई १४६ मत अन्तरले हराए ।

कांग्रेसका रबिनले २ हजार ३५८ मत पाउँदा एमालेकी शान्तिमायाले २ हजार २१२ मत पाइन् ।

तेस्रो भएका जसपाका श्रीप्रसाद लिम्बुले ३४९ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?