
५ जेठ, महोत्तरी । महोत्तरीको साम्सी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद जनता समाजवादी पार्टी (जसपा) ले जितेको छ । अध्यक्षमा रामनाथ यादव र उपाध्यक्षमा अनिता कुमारी निर्वाचित भएका हुन् ।
अध्यक्षमा निर्वाचित रामनाथले ३ हजार ८९३ मत ल्याउँदा नेपाली कांग्रेसका उत्तिम्प्रसाद यादवले २ हजार ५८२ मत ल्याए ।
उपाध्यक्ष निर्वाचित जसपाकी अनिता कुमारीले ३ हजार २९५ मत ल्याउँदा कांग्रेसकी उर्मिला देवी साहले २ हजार ६८२ मत ल्याइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4