
५ जेठ, महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिकाको मेयरमा प्रह्लादकुमार क्षेत्री विजयी भएका छन् । प्रह्लाद त्यही व्यक्ति हुन जसको टिकट कांग्रेस सभापति शेरबहादुर देउवाले खोसेका थिए । त्यो पनि मनोनयन दर्ता गर्ने दिन ।
मनोनयन दर्ता गर्ने दिन १२ वैशाखमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको हस्ताक्षरसहितको पत्र लिएर दुई जना मेयरको मनोनयन दर्ता गर्न पुगेका थिए ।
जसमा एक जना क्षेत्री थिए भने अर्का चिरञ्जीवी हमाल ।
तरपछि निर्वाचन अधिकृतको कार्यालयलाई सभापति देउवाले पत्र पठाउँदै हमाल आधिकारिक उम्मेदवार भएको पत्र पठाए । आयोगले हमाललाई नै कांग्रेसको आधिकारिक उम्मेदवार बनाएर मनोनयन दर्ता गर्यो ।
टिकट पाए पनि दर्ता गर्ने बेलामा आधिकारिकता नपाएपछि प्रल्हादकुमार क्षेत्रीले स्वतन्त्रबाट उम्मेदवारी दिए । उनले आफूले मात्र उम्मेदवारी दिएनन् स्वतन्त्रको प्यानल नै बनाए । उपमेयरमा तारा देवी स्वतन्त्रबाट उम्मेदवार बनिन् ।
१४ हजार २१० मत ल्याएका क्षेत्री आफूले मात्र जितेनन्, उमपेयरमा तारा देवीले पनि जितिन् । उनले ९ हजार ७३६ मत ल्याइन् ।
खत्रीकै प्यानलबाट वडा नम्बर १ मा भोला खड्का, ७ मा रामस्वगारथ यादव १३ मा लक्ष्मण सिंह र १४ मा विजयकुमार महतो वडाध्यक्ष निर्वाचित भए ।
क्षेत्रीले स्वतन्त्रबाट चुनाव जित्दा कांग्रेसका आधिकारिक उम्मेदवार चिरञ्जीवी हमाल १२६३ मतसहित चौथो स्थानमा रहे ।
उपमेयरमा पनि कांग्रेसकी आधिकारिक उम्मेदवार अमिनकुमारी महतो १७५८ मतसहित चौथौ नै भइन् । प्रमुख र उपप्रमुख दुवैमा नेकपा माओवादी केन्द्र दोश्रो र नेकपा एमाले तेश्रो भयो ।
प्रतिक्रिया 4