+
+
फ्राइडे रिलिज :

हलमा लागे ‘लाइफ इन एलए’, ‘धाकड’ र ‘भुलभुलैया २’

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ६ गते ११:५१

काठमाडौं । शुक्रबार नेपालमा तीन नयाँ फिल्म रिलिज भएका छन् । जसमा नेपालको ‘लाइफ इन एलए’ र बलिउडका दुई फिल्म ‘भुलभुलैया २’ र ‘धाकड’ छन् ।

सूर्यएन श्रेष्ठ निर्देशित ‘लाइफ इन एलए’ले अमेरिकामा पुगेर संघर्ष गरिरहेका नेपालीको कथा पेश गर्छ । प्रेमकथा, ड्रामा र विदेशमा नेपाली समुदायको परिस्थिति यसमा चित्रण छ ।

ब्यास बिसु, अकेशा विष्ट, शिल्पा मास्के, गौरव पहारी र बुद्धि तामाङ मुख्य भूमिकामा छन् । २ घण्टा १३ मिनेट लामो फिल्मलाई रोमान्टिक ड्रामा जनरामा राखिएको छ ।

कार्तिक आर्यन, कायरा आडवाणी र तबुको मुख्य भूमिका रहेको बलिउड फिल्म ‘भुलभुलैया २’ कमेडी हरर फिल्म हो । दुई अपरिचित पात्रहरु रुहान र रीतको उतारचढावपूर्ण यात्रामा फिल्म आधारित छ । यी दुई पात्रको त्रासदी कसरी कमेडीमा परिणत हुन्छ भन्ने चित्रण यसमा छ ।

कंगना रनावत स्टारर ‘धाकड’लाई रजनीस घइले निर्देशन गरेका हुन् । एक्सन–थ्रिलर यो फिल्ममा कंगनासहित अर्जुन रामपाल र दिब्या दत्तको समेत मुख्य भूमिका छ । अन्तर्राष्ट्रिय अपराधीलाई समात्न हुने मिसनको कथामा फिल्म आधारित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?