
९ जेठ, सप्तरी । राजविराज नगरपालिकाका नव निर्वाचित प्रमुख भिमराज यादवले प्रत्येक वर्ष ३ हजार ५ सय नागरिकलाई स्वास्थ्य बीमा गर्ने बताएका छन् ।
राजविराजमा सोमबार पद तथा गोपनीयता सपत लिएपछि सम्वोधन गर्दै उनले पहिलो वर्षमा विपन्न परिवारलाई प्राथभिकतामा राखेर स्वास्थ्य बीमा गर्ने बताए ।
शिक्षाको स्तरोन्नतीमा जोड दिदै उनी उत्कृष्ट अंक ल्याएर उत्तीर्णहुने एक-एक जना नगरवासीलाई डाक्टर र इन्जिनियरको पढाई खर्च नगरपालिकाबाट बेहोर्ने प्रतिवद्धा जनाए ।
शहरलाई व्यवस्थित र सुरक्षित बनाउन ठाउँ ठाउँमा सिसी क्यामरा जडान गर्नुका साथै २१ जना नगर प्रहरी भर्ना गरिने जानकारी दिए ।
‘राजविराजलाई सफा सुन्दर गुलावी शहरको रुपमा विकसित गर्नेछु र नगरवासीहरुको लागि नगरबस संचालनमा ल्याउनेछु’ उनले भने ‘एक वर्षभित्र राजविराज भित्र रहेका ६० विघा विटोरी जग्गाको जग्गा धनी पुर्जा दिनेछु ।’
आउने बजेटमा १० करोड रकम छुटट्याएर मल खाध खरिद गरी किसानलाई उपलब्ध गराउने भन्दै ५० प्रतिशत अनुदानमा बिउ उपलब्ध गराउने उनले बताए ।
भौतिक निर्माण तथा यातायात मन्त्री रेणु यादव प्रमुख अतिथि रहेको सो कार्यक्रममा मुख्य जिल्ला निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले नवनिर्वाचित प्रमुख यादवलाई सपत ग्रहण गराए भने यादवले उप-प्रमुख इसरत प्रवीण सहित सबै नवनिर्वाचित जनप्रतिनिधीहरुलाई सपत ग्रहण गराए ।
प्रतिक्रिया 4