+
+

कान्सबाट फर्किएपछि सुरक्षाको सांगीतिक व्यस्तता

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १७ गते १५:०५

काठमाडौं । विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा भाग लिएर अभिनेत्री सुरक्षा पन्त स्वदेश फर्किएकी छन् । इटालीको फिल्म ‘द एइट् माउन्टेन्स’को प्रतिनिधित्व गर्दै उनी फ्रान्स पुगेकी थिइन् ।

स्वदेश फर्किएपछि भने सुरक्षाको व्यस्तता बढेको छ । उनी दीपेन्द्र के खनालले निर्देशन गर्ने ‘के घर के डेरा’को छायांकन र म्युजिक भिडियोमा पनि व्यस्त छिन् ।

मंगलबार सुरक्षा अभिनित सांगीतिक भिडियो ‘गन्तव्य’ रिलिज भएको छ । बलात्कारविरुद्ध सामाजिक सन्देश दिने यो भिडियोमा सुरक्षासँगै निराजन प्रधान पनि फिचर्ड छन् । भिडियोमा सुरक्षा एक्सन स्वरुपमा प्रस्तुत भएकी छन् ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा गीत सार्वजनिक गरिएको हो । गीतमा आरके खत्रीको स्वर र सूर्य अधिकारीको ¥याप रहेको छ । हरि हुमागाईंले भिडियो निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?