+

गोलरक्षक लोरेस केरियसहति सात खेलाडीले लिभरपुल छोड्दै

२०७९ जेठ  २६ गते १९:१२ २०७९ जेठ २६ गते १९:१२
गोलरक्षक लोरेस केरियसहति सात खेलाडीले लिभरपुल छोड्दै

२६ जेठ, काठमाडौं । लिभरपुलका गोलरक्षक लोरेस केरियस सहित सात खेलाडीले यस सिजनको अन्त्यदेखि क्लव छोड्ने भएका छन् ।

गोलरक्षक केरियस सहित विङ्गर सेइ ओजो, मिडफिल्डर बेर्न बुडबर्नसहित अन्य तीनले एकै पटक क्लब छोड्ने भएका हुन् । लिभरपुलका प्रशिक्षक योर्गन क्लोपले यस अघि नै बेल्जियम स्ट्राइकर डिभोक ओरेगीले यस सिजनको अन्त्यमा क्लब छाड्ने जानकारी गराइ सकेका थिए ।

२७ वर्षीय ओरेगीले एसी मिलान जाने चर्चा सुरु भइसकेको छ । उनले लिभरपुलका लागि १७५ खेलमा ४१ गोल गरेका छन् । उनले २०१९ को च्याम्पियन्स लिगको सेमिफाइनलमा टोटेनहामविरुद्ध गरेको २ गोलले लिभरपुललाई फाइनलको यात्रा तय गराएको थियो ।

गोलरक्षक केरियसले भने प्रशिक्षक क्लोपको प्रशिक्षणमा ४९ खेल मात्र खेल्ने मौका पाएका थिए ।

लिभरपुल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय