 
																			८ असार, काठमाडौं । प्रहरीले बैंकिङ कसूर मुद्दाका एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
उदयपुरको रौतामाई गाउँपालिका-४ घर भई हाल कागेश्वरी नगरपालिका-८ गोठाटार बस्ने ३२ वर्षीय दौलत विक्रम राउतलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पुरानो बानेश्वरबाट पक्राउ गरेको हो ।
उच्च अदालत पाटनले २०७८ साल चैत २५ गते राउतलाई १ लाख ४० हजार जरिवाना र १ दिन कैद सजायको फैसला सुनाएको थियो ।
पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालत, तहसिल शाखा, लगनखेलमा पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4