
२० असार, विराटनगर । एमाले सांसद गुलेफुन खातुनकाे स्थानमा धनकुटाकी हिमा बस्नेत भट्टराई प्रदेश १ को सांसद नियुक्त भएकी छन् ।
सरकारी कागजात र दस्तखत किर्ते मुद्दामा दाेसी ठहर भएपछि समानुपातिक सांसद खातुनले राजीनामा दिएकी थिइन् । उनकाे राजीनामा स्वीकृत भएपछि बस्नेत प्रदेश सांसदमा नियुक्त भएकी हुन् ।
बस्नेतलाई निर्वाचन आयोगले सोमबार समानुपातिक सांसद नियुक्त भएको पत्र दिएको नेकपा एमालेका नेता हिक्मतकुमार कार्कीले जानकारी दिए । प्रदेश सांसदकाे कार्यकाल चार महिना बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4