+
+

किराना पसलबाट कटुवा पेस्तोल बरामद, सञ्चालक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २१ गते १४:४५

२१ असार, जनकपुरधाम । सर्लाहीको हरिवन नगरपालिका-११ को एक किराना पसलबाट प्रहरीले कटुवा पेस्तोल र त्यसमा लाग्ने गोली बरामद गरेको छ ।

स्थानीय सुनीता किराना पसलबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने एक राउन्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

पसलभित्र झोलामा हालेर राखिएको अवस्थामा उक्त पेस्तोल र गोली बरामद भएको प्रहरीले जनाएको छ ।  पसल सञ्चालक छोटेलाल दासलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको डीएसपी बुढाथोकीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?