+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

‘मातृभाषा पत्रकारिता दिवस’लाई राष्ट्रिय दिवसका रुपमा मनाउन माग

नेवाः पत्रकार राष्ट्रिय दबूले ‘मातृभाषा पत्रकारिता दिवस’ लाई राष्ट्रिय दिवसका रुपमा मनाउन माग गरेको छ ।

रासस रासस
२०७९ असार २१ गते २०:५३

२१ असार, काठमाडौं । नेवाः पत्रकार राष्ट्रिय दबूले ‘मातृभाषा पत्रकारिता दिवस’ लाई राष्ट्रिय दिवसका रुपमा मनाउन माग गरेको छ ।

दबूको आयोजनामा आज भएको दोस्रो मातृभाषा पत्रकारिता राष्ट्रिय सम्मेलनले १० बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै भाषा आयोगको प्रतिवेदन कार्यान्वयन गर्न अविलम्ब आवश्यक कानुन बनाई राष्ट्रियरुपमा मातृभाषा पत्रकारिताको विकासका लागि वातावरण बनाउन आग्रह गरेको हो ।

घोषणा पत्रकार विसं १९८२ (नेपाल संवत् १०४५) बुद्धजयन्तीका दिन सुरु भएको मातृभाषाको पत्रकारिताको आगामी २०८२ सालमा सय वर्ष पूरा हुने हुनाले सो सालको शताब्दी वर्षका रुपमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने निर्णय गरेको छ ।

मातृभाषाको पत्रकारिता सुरु भएको सय वर्ष पुगेको अवसरमा पहिलो मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्यको हुलाक टिकट प्रकाशित गर्न माग गर्दै त्यसका लागि पहल गर्ने निर्णय गरेको छ ।

मातृभाषामा पत्रकारिता गर्दै आएका पत्रकारको क्षमता विकासका लागि सरकारी तहबाट ‘धर्मादित्य मातृभाषा पत्रकारिता विकास प्रतिष्ठान’ अविलम्ब गठन गर्न सम्मेलन माग गर्दै सरकारीस्तरबाट स्थापित प्रेस काउन्सिल, नेपाल विज्ञापन बोर्ड, न्यूनतम पारिश्रमिक निर्धारण समितिलगायत सरकारी सञ्चारमाध्यममा मातृभाषी पत्रकारको समेत अनिवार्य प्रतिनिधित्व हुने व्यवस्था मिलाउनसमेत सम्मेलन आग्रह गरेको छ ।

दबूका अध्यक्ष सुरजवीर बज्राचार्यका अनुसार नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ भएको विभिन्न तथ्यबाट पुष्टि भइसकेको सन्दर्भमा श्रेष्ठलाई अविलम्ब महासङ्घको संस्थापक अध्यक्ष घोषणा गर्दै इतिहास, तथ्य र प्रमाणको सम्मान गर्न पत्रकार महासङ्घ, नेपाल सरकारलगायत सम्बन्धित सरोकारवाला पक्षलाई सम्मेलन आग्रह गरेको छ ।

यसअघि काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले उद्घाटन गरेको कार्यक्रममा नेपाल भाषा पत्रकारिताबारे पत्रकार सुरेश किरण मानन्धर, थारु भाषाका पत्रकारिताबारे गोरखापत्र दैनिकका पत्रकार लक्की चौधरी, तामाङ भाषा पत्रकारिताबारे तामाङ पत्रकार सङ्घका वरिष्ठ उपाध्यक्ष बुद्ध योञ्जन, शेर्पा पत्रकारिता बारेमा शेर्पा सञ्चार समूहका पाशाङ शेर्पा, मैथली भाषासम्बन्धी रुपा झाले, लिम्बू भाषा पत्रकारिताबारे लिम्बू पत्रकार सङ्घका उपाध्यक्ष विष्णु लिम्बूलगायतले मातृ भाषा पत्रकारिताका बारेमा आ–आफ्नो धारणा राखेका थिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?