+
+

२४ घन्टामा ढलेको दोस्रो रुखले लियो ३ जनाको ज्यान (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ८ गते १५:५१

८ साउन, काठमाडौं । भक्तपुरको भक्तपुर नगरपालिका- १ सल्लाघारीमा २४ घन्टाभित्र दुई वटा रुख ढल्यो ।

शनिबार पहिलो पटक ढलेको रुखले कुनै क्षति भएन, रुखलाई काटेर हटाइयो र बाटो खुलाइयो ।

आइतबार दिउँसो रुख ढल्दा भने ३ जनाको ज्यान गयो ।  काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई ढलेको रुखले   च्याप्दा तीन जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।

शनिबार र आइतबार ढलेका दुवै रुख सल्लाका हुन् । दुवै रुख जरैदेखि उखेलिएर सडकमा ढलेका थिए ।

आइतबार ढलेको रुख र त्यसको च्यापेको बस तस्वीरमा हेर्नुहोस् :

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?