+
+

एसईईको नतिजा बिहीबारभित्र सार्वजनिक हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ९ गते २०:२४

९ साउन, काठमाडौं । कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा अबको तीन दिनभित्र सार्वजनिक हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डको माध्यामिक शिक्षा परीक्षाको परीक्षा नियन्त्रण कार्यलयका परीक्षा नियन्त्रक अर्जुन कुमार रायमाझीले अबको तीन दिनभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिरहेको बताए । उनले भने ‘आजलाई छोडेर तीन दिनभित्र रिजल्ट हुन्छ । बिहीबारभित्र सार्वजनिक हुन्छ ।’

२०७९ वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन भएको २०७८ सालको एसईईको परीक्षामा करिब चार लाख विद्यार्थी सहभागी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?