+
+

रणवीर सिंहको न्युड फोटोले भारतबारे के भन्छ ? 

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ११ गते १९:११

मुम्बई । बलिउड अभिनेता रणवीर सिंहले हालैमात्र पेपर म्यागजिनसँग भनेका छन्, ‘म हजारौं मान्छेको अगाडि नांगिन सक्छु । उनीहरुलाई असहज हुने मात्र हो ।’

ठ्याक्कै त्यस्तै भयो जब उनले सोही म्यागजिनसँगको फोटोसुटमा नग्न पोज दिए । अनि सुरु भयो सामाजिक सञ्जालमा आक्रोश र प्रशंसाको विस्फोट । तर आक्रोशित हुने बढी देखिए ।

मिम्स र जोक्सले तस्वीरलाई मनोरञ्जनको विषय मात्र बनाएनन्, कतिपयले पुरुषलाई बदनाम गराएको आरोप लगाए । यी कुरा पर्याप्त नभएको र यसले महिलाको शिष्टताको खिल्ली समेत उडाएको भन्दै रणवीरविरुद्ध प्रहरीकहाँ उजुरी पनि दर्ता भयो ।

सिंह परम्परागत पुरुष स्टार होइनन् । उनी ऊर्जावान् र चम्किला छन् र मखमली, प्यान्ट्स, सेक्विन, टर्टलनेक्स र गहनाजस्ता फेसन शैलीलाई पछ्याउँछन् पनि । फेसन म्यागजिन भगले यो फेसन पुरुष र महिलामा मात्र सीमित नरहेको बताएको छ ।

रणवीरको फोटोसुटलाई लिएर व्यक्त भएका यी फरक प्रतिक्रियाले भारतको ‘जंगली नैतिक भ्रम’लाई पुष्टि गर्छ, जहाँ मानिसहरु उदार देखिन्छन् र उनीहरु रुढिवादी मनोदशाबाट मुक्त छैनन् ।

पेपरसँगको अन्तर्वार्तामा सिंहले वर्तमान भारतीय समाजमा रहेको पुरुषत्वको स्टेरिटाइपलाई व्यावहारिक रुपमा चुनौती दिएका छन् ।

‘ऊसँग एक आदर्श खालको पुरुष शरीर छ । ऊ गोप्य अंगको नजिक लुगा लगाउँछ, ऊ कठोर छैन र खुलेर यौनको बारेमा कुरा गर्छ । ऊ भारतीय पुरुषत्वको धारणामा फिट छैन । यसले धेरै चिन्ता पैदा गरिरहेको छ र धेरै पुरुषलाई पनि असहज बनाउँछ,’ टफ्स विश्वविद्यालयमा यौन र कामुकताबारे विद्यावारिधि शोध गरिरहेका राहुल सेन भन्छन् ।

रणवीरको फोटोसुटलाई लिएर व्यक्त भएका यी फरक प्रतिक्रियाले भारतको ‘जंगली नैतिक भ्रम’लाई पुष्टि गर्छ, जहाँ मानिसहरु उदार देखिन्छन् र उनीहरु रुढिवादी मनोदशाबाट मुक्त छैनन् ।

साना सहरका तीर्थस्थलमा हामीले कामुक मन्दिर कलाको सबैभन्दा धेरै ग्राफिक उदाहरण पाउन सक्छौं । कामसूत्र भारतको सबैभन्दा प्राचीन यौन पुस्तकशास्त्र पनि हो । मोडल र नृत्यांगना प्रोतिमा बेदीले सन् १९७४ मा मुम्बईको समुन्द्री तटमा फिल्म म्यागजिन कभरको लागि फोटोसुट गराएकी थिइन् । नग्नता असमान्य छैन, कुम्भ मेलाजस्ता धार्मिक पर्वमा खरानी धसेका हिन्दू पुरुषहरु सबै नग्न हुन्छन् ।

मस्कुलर इण्डिया पुस्तकका लेखक माइकल बास भन्छन्, ‘कामुक शरीरलाई प्रदर्शन गर्न भारतीय पुरुषहरु टिकटक र इन्स्टाग्राममा भरिएका छन् । तिनीहरुमध्ये केहीका दश हजारदेखि दशौं लाखसम्म फलोअर्स छन् । तिनीहरुका केही तस्वीरले अश्लील प्रतिक्रिया ल्याउन सक्छन् । सामान्यतयाः मानिसले वाह भन्दै शक्ति र प्रभावितको इमोजी दर्शाउन सक्छन् ।’ हुन त अधिकांश बलिउड स्टारहरुले एक्सन दृश्यका लागि आफ्नो सट फुकाल्ने गरेका छन् ।

कतिपयले यो विवादलाई व्यर्थ बताउँछन् । ‘म यो बहस बुझ्दिनँ । नग्नपन भारतको लागि नयाँ होइन । रणवीर सिंहको मामिलामा उसको शरीर उसको छनोट हो,’ भारतकी लोकप्रिय लेखिका शोभा डे भन्छिन् ।

यद्यपि, एमएफ हुसेन र अकबर पदमसी जस्ता प्रमुख कलाकारहरु जसले महिलाको स्तनमा नग्न देवता र पुरुषहरुको हात चित्रण गरे, उनीहरुमाथि आक्रमण गरियो । नग्नतालाई चित्रण गरेका कारण कतिपय फिल्म र नाटकलाई रद्दीको टोकरीमा मिल्काइएको छ ।

विज्ञापनको गुणस्तरीयताको मामिला हेर्ने मुम्बईको वाचडगले सार्वजनिक विज्ञापनबारे केही गुनासो पनि प्राप्त गरिरहेको छ । गत नोभेम्बर यसले दुईवटा गुनासा प्राप्त गर्‍यो, जसमा अन्डरगार्मेन्ट खोल्ने महिलाको बारेमा र अर्को दुई जना केटीहरुले एकअर्कालाई उनीहरुको अधोवस्त्र देखाउन टीसर्टहरु हटाएको कुरुप विज्ञापन । तत्कालै वाचडगले दुवै विज्ञापनलाई स्थगित गर्‍यो ।

‘त्यहाँ धेरै स्वतन्त्रता र नैतिक भ्रम छ । त्यसपछि त्यहाँ नैतिकताको गफ हाँक्ने एउटा झुण्ड छ । उनीहरु एकै समयमा अप्ठ्यारो र जिज्ञासु पनि छन् । यो जंगली नैतिक भ्रमलाई हामीलाई पनि जोड्छ,’ द अडेसिटी अफ प्लेजर : सेक्सुआलिटी, लिटरेचर एन्ड सिनेमा कन्टेम्पोररीकी लेखिका वृन्दा बोस भन्छिन् ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?