+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

मिस नेपाल प्रियंकारानी जोशी राष्ट्रिय वाणिज्य बैंकको व्यावसायिक दूत नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ११ गते २२:१०

काठमाडौं । मिस नेपाल प्रियंकारानी जोशी राष्ट्रिय वाणिज्य बैंकको व्यावसायिक दूत नियुक्त भएकी छन् । बुधबार आयोजित समारोहमा द हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकार र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

दूत नियुक्त भएपछि बैंकको व्यवसाय प्रवर्द्धन गतिविधिमा आफू सहभागी हुने मिस नेपाल जोशीले बताइन् । साइनिङ समारोहमा पूर्वमिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ पनि सहभागी थिइन् ।

यसैबीच, मिस नेपाल उत्तर अमेरिकाको विशेष अतिथिको रुपमा सहभागी हुन प्रियंका आगामी साता न्युयोर्क जाने तय भएको छ । यस वर्ष द हिडन ट्रेजर र मिस नेपाल नर्थ अमेरिकाबीच भएको सम्झौताअनुसार उनी अमेरिका जान लागेकी हुन् ।

मिस नेपाल विजेताले उत्तर अमेरिकाको उक्त ब्युटी पेजेन्टमा भाग लिने सहमति त्यतिबेला भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?