+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

वीरगञ्ज नाकाबाट हुने निर्यात ५० प्रतिशतले वृद्धि

रासस रासस
२०७९ साउन १२ गते १३:१५

१२ साउन, पर्सा । नेपालको मुख्य प्रवेशद्वार र देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उलेख्य वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७७/७८ को तुलनामा २०७८/०८९ मा उक्त नाका प्रयोग गरी हुने नेपाली वस्तुको निर्यातमा ५० प्रतिशत वृद्धि भएको हो ।

अघिल्लो आर्थिक वर्षमा ५३ अर्ब ६८ करोड २८ लाख रुपैयाँ भन्दा बढी मूल्यको नेपाली वस्तु निर्यात भएकामा गत २६ अर्ब ८१ करोड पाँच लाख रुपैयाँ भन्दा बढी अर्थात् ८० अर्ब ४९ करोड ३३ लाख रुपैयाँ भन्दा बढीको सामान निर्यात भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा  ४९ दशमलव ९४ प्रतिशत बढी हो ।

उक्त नाकाबाट भारत तथा तेस्रो मुलुकतर्फ निकासी हुने मुख्य वस्तुमा भटमासको प्रशोधित तेल, फलफूलको जुस, सूर्यमुखीको प्रशोधित तेल, जमोठ कपडालगायत बस्तु रहेको कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए ।

उनले अघिल्लो आर्थिक वर्षको तुलनमा गत आर्थिक वर्षमा भटमासको प्रशोधित तेल निर्यातमा १३ प्रतिशतले कमी आएको तर सूर्यमुखीको प्रशोधित तेल ५६ प्रतिशत, फलफूलको जुस ४१ प्रतिशत, जमोठ कपडाको निर्यात ४५ प्रतिशतले वृद्धि भएको बताए ।

भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा सरकारले दिएको अनुदानको दायरालाई अझै फराकिएलो बनाए निर्यात प्रवर्द्धनमा मद्दत पुग्ने उद्योगी र व्यवसायीको भनाइ छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?