+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

देशको पक्षमा टिकटक बनाउनुहोस् : लेखराज भट्ट

रामहरि ओझा रामहरि ओझा
२०७९ साउन १६ गते ६:२७

१६ साउन, डोटी । नेकपा एमालेका सचिव लेखराज भट्टले अर्काको भावनालाई चोट नपुग्ने गरी टिकटक बनाउन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । देशको पक्षमा र भ्रष्टाचारको विरुद्धमा टिकटक बनाउनुपर्ने उनको भनाइ छ ।

आइतबार नेकपा एमाले डोटीद्वारा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै सचिव भट्टले भने, ‘टिकटक नबनाउनुहोस् म भन्दैन, बनाउनुहोस् तर तपाईंले बनाएको टिकटक देशको पक्षमा हुनुपर्यो, राष्ट्रियताको पक्षमा हुनुपर्यो । तपाईंले बनाएको टिकटकले कसैको भावनामा चोट नपुगोस् ।’

एमाले सुदूरपश्चिम प्रदेश इन्चार्ज समेत रहेका भट्टले छाडा संस्कृतिलाई प्रोत्साहन हुने खालको टिकटक बनाउनु भन्दा प्रगतिशील गीतमा बनाउन आग्रह गरे ।

एमाले सचिव भट्टले एमालेका सबै कार्यकर्ताहरु उत्पादनसँग जोडिनु पर्ने पनि बताए । ‘दिनभरी गफ गरेर बस्ने, साँझ बजारबाट आलु किनेर तरकारी बनाउने हो भने हाम्रो उत्पादन बढ्दैन,’ भट्टले भने, ‘खेतबारीमा काम गरेर अन्नबाली उत्पादन गर्नु भन्दा भारत जानु ठिक भन्ने मानसिकता भत्काउनु पर्छ, त्यसका लागि एमालेका कार्यकर्ताहरुले अगुवाइ गर्नुपर्छ । दूध बेचेर श्रीमानका लागि रक्सी लगिदिनु पर्ने अवस्थाको हामीले अन्त्य गर्नुपर्छ ।’

उत्पादनका लागि श्रम गर्ने र उत्पादित वस्तुको बजारीकरण गर्न सकेमात्र व्यापार घाटा कम हुने र देश आत्मनिर्भर हुने भट्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?