+

भलिबल विकासका लागि निरोज मास्केका पाँच प्रतिबद्धता

२०७९ साउन  १७ गते १५:२७ २०७९ साउन १७ गते १५:२७
भलिबल विकासका लागि निरोज मास्केका पाँच प्रतिबद्धता

१७ साउन, काठमाडौं । नेपाल भलिबल संघको भदौ २२ गते हुने निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेकी निरोज मास्केले ५ वटा प्रतिबद्धता सार्वजनिक गरेकी छिन् ।

वर्तमान कार्यसमितिका उपाध्यक्षसमेत रहेकी मास्केले मंगलबार एक कार्यक्रम गर्दै अध्यक्षमा उम्मेदवारीसहित प्रतिवद्धता सार्वजनिक गरेकी गरेकी हुन् ।

मास्केले २ वर्षअघि देखि नै उम्मेदवारी घोषणा गरेर निर्वाचनका लागि तयारी सुरु गरेकी थिइन् । वर्तमान कार्यसमितिको पदावधी दुई वर्षअड्ढि नै सकिएपनि कोभिड-१९ र खेलकुद ऐनको अन्योलताका कारण भलिबल संघको निर्वाचन हुन सकेको छैन ।

मास्केले भलिबल विकासका लागि प्रशिक्षण, प्रतियोगिता, पूर्वाधार, प्रोत्साहन र प्रशासनिक संरचनामा सुधार गर्ने भन्दै पाँच प्रतिवद्धता सार्वजनिक गरेकी छन् ।

१. प्रशिक्षण :

खेलाडी – ग्रासरुट, विद्यालय उमेरसमूह, क्लब, सिनियर र भेट्रान

रेफ्री – पालिका जिल्ला प्रदेश र केन्द्र

प्रशिक्षक – पालिका, जिल्ला प्रदेश र केन्द्र

ग्रासरुछ देखिने ट्यालेन्ट हन्ट

स्कूल टु युनिभर्सिटी कार्यक्रम

पालिकास्तरका कार्यक्रम

२. प्रतियोगिता

विद्यालयस्तरका प्रतियोगिता

क्लबस्तरका प्रतियोगिता

पालिकास्तरका प्रतियोगिता

जिल्लास्तरका प्रतियोगिता

प्रदेशस्तरका प्रतियोगिता

राष्ट्रियस्तरका प्रतियोगिता

अन्तर्राष्ट्रिय स्तरमा सहभागीता र आयोजना

भेट्रान, पारा, विशेष (फरक क्षमता) र अन्य प्रतियोगिता

व्यवासायिक र कर्पोरेट भलिबल लिगको सञ्चालन

बिच, अल्पाइन लगायतका प्रतियोगिता

प्रदेश र केन्द्रिय स्तरमा व्यवस्थित र स्तरीय क्लब प्रतियोगिता

३. पूर्वाधार

केन्द्रमा भलिबलको अन्तर्राष्ट्रिय स्तरको व्यवस्थित कभर्डहल

प्रत्येक प्रदेशमा भलिवलका राष्ट्रिय स्तरका कभर्डहल

केन्द्र तथा प्रदेशमा भलिबल एकेडेमी

स्थानीय तहका भलिबलका पूर्वाधार

बिच भलिबलको केन्द्र स्थापना

४. प्रोत्साहन

राष्ट्रिय टिमका खेलाडीलाई नियमित सेवा सुविधा

खेलाडी, प्राविधिक र अफिसियलको बीमा

भलिबल कल्याणकारी कोषको स्थापना

खेलाडीको वर्गीकरण र सहुलियत कार्डको व्यवस्था

खेलाडी एक्सचेन्ज/एक्स्पोजर प्रोग्राम

५. प्रशासनिक संरचना

व्यवस्थित कार्यालय र प्रशासन

आर्थिक नियमावली सहितको पारदर्शीता

विभिन्न विभागहरूको गठन तथा प्रभावकारी परिचालन

व्यवस्थित सूचना र सञ्चारको प्रवाह संयन्त्र

दक्ष र प्रविधियुक्त प्राविधिकहरू

निरोज मास्के नेपाल भलिबल संघ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय