+
+

दाङ देउखुरीमा ट्याक्टरबाट खसेर एक किशोरको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १९ गते ११:४२

१९ साउन, काठमाडौं । दाङ देउखुरीको लमही नगरपालिका–६ देउपुरमा आज बिहान ट्याक्टरबाट खसेर एक किशोरको मृत्यु भएको छ ।

लु ४ त ८१०६ नम्बरको ट्याक्टरबाट खसेर स्थानीय १५ वर्षीय सुशान चौधरीको मृत्यु भएको हो ।

आज बिहान ६ बजे ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको लमही प्रहरीले जनाएको छ ।

ट्याक्टर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?