+
+

नटिङहम फरेस्टको जर्सीमा किन छैन स्पोनसरको नाम ?

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३० गते १३:३७

३० साउन, काठमाडौं । २३ वर्षपछि प्रिमियर लिगमा फर्केको नटिङहम फरेस्टले आइतबार राति वेष्टह्यामलाई १-० ले हराएर पहिलो जित निकाल्यो । यसअघि सिजनको पहिलो खेलमा न्यूकासल युनाइटेडसँग पराजित भएको थियो ।

वेष्टह्यामलाई हराएर पहिलो तीन अंक जोडेको नटिङहमको जर्सीमा स्पोनसरको नाम भने छैन । स्टिभ कुपरको टिमले लिगमा जित हात पार्दा उनीहरुले लगाएको अनौठो जर्सीले भने धेरैको ध्यान तानेको छ । यसअघि २०२१-२२ मा च्याम्पियनसिपमा खेल्दा टेक कम्पनी बीओएक्सटीले नटिमङहमको जर्सी स्पोनसर गरेको थियो ।

तर सम्झौता सकिएपछि अहिले भने नटिङहमको जर्सीमा कुने पनि स्पोनसरको नाम छैन । जर्सीको अगाडी भागको माथि क्लबको लोगो र जर्सी उत्पादन कम्पनी माक्रोनको लोगो मात्र छ । बीओएक्सटीसँग सम्झौता सकिएपछि उक्त कम्पनीसँग सम्झौता नवीकरण भएन । बीओएक्सटीले स्पोनसरलाई निरन्तरता दिन चाहेको थियो । तर समरमा क्लबले मल्टी मिलियन पाउण्डको प्रस्ताव अस्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

इस्ट मिडल्याण्डर्स क्लब नटिङहम फरेस्ट अहिले नयाँ स्पोनसरको खोजीमा छ भने बीओएक्सटी एभरटनको स्लिभ स्पोनसर बनेको छ । बीओएक्सटीले जारी गरेको स्टेटमेन्टमा भने पछिल्लो दुई सिजन सहकार्यका लागि नटिङहम फरेस्टलाई धन्यवाद दिएको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?