
काठमाडौं । नेपाली सुपरमोडल अञ्जली लामा पछिल्लो समय अन्तर्राष्ट्रिय हेडलाइन बनिरहेकी छन् । ज्याकलिन फर्नान्डिजसँग फिल्म खेलेकोदेखि फेसन म्यागजिन भगको कभर स्टोरी बनेकोसम्म उनी चर्चित रहिन् ।
उनको चर्चाको आयाम यत्तिकैमा सीमित छैन । पछिल्लो साता उनी नयाँ खबरले हेडलाइन बनेकी छन् । विश्वकै धनी एलन मस्ककी सुपरमोडल आमा माए मस्कसँगको उनको भेटघाटलाई लिएर पुनः उनले चर्चा बटुलेकी हुन् ।
विश्व फेसन मिडियाले अञ्जली र माए मस्कको खबरलाई स्थान दिएका छन् । यी दुवै सुपरमोडलले हालैको न्युयोर्क फेसन विकमा र्याम्प पनि नापेका थिए ।
माएसँगको भेटलाई लिएर अञ्जलीले खुसी बाँडेकी छन् । यी दुईको भेट केही पहिले भएको देखिन्छ ।
‘जब मैले शक्तिशाली व्यक्तित्वसँग भेटको मौका पाएँ,’ अञ्जलीले लेखेकी छन् । अञ्जलीले आफूलाई पारालैंगिक मोडलको रुपमा चिनाउँदै आएकी छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि उनलाई ट्रान्सजेन्डर मोडलको रुपमा चिनाउँदै आएका छन् ।
नुवाकोट घर भएकी अञ्जलीले लिंग परिवर्तन गर्दै आफूलाई ट्रान्सजेन्डर मोडलको रुपमा स्थापित गरेकी थिइन् ।
प्रतिक्रिया 4