
३१ साउन, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएर लड्ने निर्णयमा पुगेका बाबुराम भट्टराई माओवादी पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा पुगेका छन् ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराई अर्का अध्यक्ष महेन्द्रराय यादव र सहअध्यक्ष गंगानारायण श्रेष्ठसहित पेरिसडाँडामा पुगेका हुन् ।
माओवादी केन्द्रको कार्यालयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आगामी चुनावमा नेपाल समाजवादी पार्टीले लिने सिटबारे छलफल भइरहेको एक नेताले जानकारी दिए ।
मंगलबार विहान बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले भट्टराईको पार्टीलाई आफ्नो पार्टीको चुनाव चिह्न गोलाकारभित्रको हसिया हथौडा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको थियो ।
माओवादी केन्द्रबाट शिव खकुरेल र नेसपाबाट खगेन्द्र देवकोटाले निर्वाचन आयोगमा पुगेर उक्त निर्णयबारे जानकारी गराएका छन् ।
प्रतिक्रिया 4