+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

ह्वावेको ग्लोबल फ्ल्यागसिप ‘सीड्स फर द फ्युचर-२०२२’ कार्यक्रम सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १ गते १३:३३

काठमाडौं । ह्वावेले ‘सीड्स फर द फ्युचर-२०२२’ ग्लोबल फ्ल्यागसिप सीएसआर कार्यक्रम सम्पन्न गरेको छ । स्नातक तहका विद्यार्थीहरूलाई लक्षित गरी काठमाडौंमा कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्याल, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल लगायतले सम्बोधन गरेका थिए । उनीहरुले टेक४गुड प्रतियोगिताका लागि छनोट भएका विद्यार्थीहरूलाई सफलताका लागि शुभकामना दिए ।

ह्वावे नेपालका बोर्ड सदस्य जेसन लीले ह्वावेले प्रतिभाशाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय एक्सपोजर र सिकाइको लागि प्लेटफर्म दिन सक्षम बनाइ रहने बताएका थिए ।

कम्पनीले प्रतियोगिताका लागि यस वर्ष नेपालभरबाट २५६ आवेदन प्राप्त भएकोमा ७ जना विद्यार्थीलाई छनोट गरिएको जनाएको छ । कम्पनीका अनुसार छनोट हुनेमा निर्माण खड्का (काठमाडौं विश्वविध्यालय), बंशज पौडेल (मदन भण्डारी मेमोरियल कलेज), जतिन भुसाल (ख्वोपा इन्जिनियरिङ कलेज), रिया बैद्य (पुल्चोक क्याम्पस), नदिका पौडेल (पुल्चोक क्याम्पस), प्रज्ञा मल्लिक (काठमाडौं विश्वविध्यालय) र अजु तामाङ् (अमृत साइन्स क्याम्पस) रहेका छन् ।

छनोट समितिमा प्राडा शशिधर राम जोशी, प्रा. तिमिला यमी थापा, प्रा. डा. सुवर्ण शाक्य र प्रा. डा. मनिष पोखरेल रहेका थिए ।

कम्पनीका अकनुसार छनोटमा परेका विद्यार्थीहरूले १९ अगस्टदेखि २७ अगस्टसम्म बैंककमा आयोजना हुने पहिलो क्षेत्रीय अनसाइट कार्यक्रममा सहभागी हुन पाउनेछन् । जहाँ उनीहरूले व्यावहारिक अनुप्रयोगहरू हेरेर ५जी, एआई, क्लाउड कम्प्युटिङ, मेटाभर्स र अन्य उदीयमान प्रविधिहरूको बारेमा सिक्नेछन् । यसका साथै ५जी को व्यावहारिक अनुप्रयोगहरू हेर्दै र १४ देशका विद्यार्थीहरूसँग क्रस-सांस्कृतिक शिक्षामा पनि संलग्न हुनेछन् । उनीहरूले टेक४गुड प्रतियोगितामा पनि भाग लिनेछन् । जहाँ विद्यार्थीहरूले वास्तविक-विश्व वातावरणीय वा सामाजिक समस्याहरूविरुद्ध लड्न मौलिक विचार लिएर आउनु पर्ने हुन्छ।

टेक४गुड परियोजनाका विजेता टोलीहरूले सिंगापुरमा २९ अगस्टदेखि २ सेप्टेम्बरसम्म आयोजना हुने टेक४गुड एक्सेलेटर क्याम्पमा सहभागी हुन पाउनेछन् । उनीहरू फर्किएपछि, विद्यार्थीहरूले सेप्टेम्बरको अन्त्यमा मुक्तिनाथमा ह्वावे निर्मित बेस स्टेशनको भ्रमण गर्नेछन् ।

जुलाईमा छनोट भएदेखि विद्यार्थीहरूले विभिन्न संलग्नताहरू मार्फत नेपालको आईसीटी उद्योगमा अन्तरदृष्टि प्राप्त गर्दै आएका छन् । विद्यार्थीहरूले नेपालमा डाटा सेन्टरसम्बन्धी कक्षाहरू प्राप्त गरेका छन् । यसैगरी उनीहरुले डिशहोमका कार्यालयहरूमा गएर एफटीटीएच इन्टरनेटले कसरी काम गर्छ भन्ने कुरा सिकेका छन् भने काठमाडौंको चाइना कल्चर सेन्टरमा भएको चाइनिज क्यालिग्राफी र चाइनिज पेपर कटिङ कार्यशालामा पनि भाग लिएका छन् । संगठनको ‘द नेक्स्ट ५०’ अभियानको एक हिस्साको रूपमा युनेस्कोले पनि विद्यार्थीहरूलाई संलग्न गराएको छ।

ह्वावेले नेपालमा कार्यक्रम सुरु गरेको यो दोस्रो वर्ष हो । कार्यक्रम पहिलो पटक थाइल्याण्ड मा २००८ मा सुरु भएको थियो। त्यसबेलादेखि १३० भन्दा बढी देश र क्षेत्रका १२,००० भन्दा बढी विद्यार्थीहरूले कार्यक्रममा भाग लिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?