+
+

सिद्धार्थ बैंकको मोबाइल एप ‘सिद्धार्थ बैंकस्मार्टएक्स्पी’मा अपग्रेड

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १ गते १६:४४

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकङ एपलाई ‘सिद्धार्थ बैंकस्मार्टएक्स्पी’मा स्तरोन्ती (अपग्रेड) गरेको छ । यसबाट एपमा हुने ठगी नियन्त्रण हुनुका साथै सर्वमाध्यम एवं बहुच्यानल मार्फत सहजै प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

एफवान सफ्ट इन्टरनेशनलले प्रवर्द्धन गरेको नयाँ एप्लिकेसन बैंकएक्स्पी आर्किटेक्चरमा आधारित रहेको छ । जसले प्रयोगकर्ताको कार्यक्षमताको दायरालाई अझ फराकिलो बनाउनेछ ।

बैंकका अनुसार सिद्धार्थ बैंक स्मार्टएक्सपी डिजिटल बैकिङमा सर्वव्यापी दृष्टिकोणमा आधारित छ । यसले ग्राहकलाई उनीहरुको मोबाइल र वेब उपकरणबाट एप्लिकेसन प्रयोग गर्नका लागि उही पासवर्ड राख्न सकिनेछ । नयाँ एप्लिकेसनमा बिल भुक्तानी, चेक बुक अनुरोध, सेल्फ पासवर्ड/पिन रिसेट, अपोइन्टमेन्ट, उपकरणहरुबीचको अन्तरसञ्चालन लगायतका थुप्रै सुविधा उपलब्ध हुने बैंकको भनाइ छ ।

यस एपमा प्रयोगकर्ताले लग इन गर्न खोजेको सिम नम्बर स्वतः प्रमाणित गर्ने क्षमता रहेको छ ।प्रयोगकर्ताको खातामा दर्ता भएको सिम त्यही नम्बर हो भनी प्रमाणित नभएसम्म प्रयोगकर्तालाई एप प्रयोग गर्न अनुमति नदिने बैंकले बताएको छ ।

सिद्धार्थ बैंकका एक प्रतिनिधि भन्छन्, ‘ग्राहकहरु मोबाइल बैंकिङ प्रयोग गर्न हिचकिचाइरहेका छन्, किनभने अन्य व्यक्तिले उनीहरुको खातामा पहुँच पुर्‍याउन सक्ने सम्भावना छ । अटो–भेरिफिकेसनको प्रयोग गरेर ठगी नियन्त्रणमा हाम्रो पछिल्लो प्रयासले ठगीलाई न्यूनिकरण गरिनेछ र प्रमाणित ग्राहकहरुले मात्र मोबाइल बैंकिङ मार्फत आफ्नो खातामा पहुँच प्राप्त गर्नेछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?