
४ भदौ, गुल्मी । गुल्मीमा शनिबार विहान फेला परेको शव मुसिकोट नगरपालिका-१ पौदीकी ७९ वर्षकी सेतीदेवी पछाइको भएको खुलेको छ ।
जिल्लाको इश्मा गाउँपालिका-१ हस्तिचौरको बसेनी सामुदायिक वनमा शव फेला परेपछि स्थानीय वासिन्दाले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक भीमबहादुर दाहालका अनुसार शव सडेको अवस्थामा फेला परेको छ । शव पोस्टमार्टमका लागि गुल्मी जिल्ला अस्पताल ल्याइएको छ ।
पोष्टमार्टम पश्चात शव आफन्तको जिम्मा लगाइने दाहालले बताए । एकल महिला पछाईका छोराछोरी थिएनन् । एक हप्तादेखि छिमेकका कसैले उनलाई भेटेका थिएनन् । उनी पौदी अमराइमा भाइको घरमा बस्दै आएकी थिइन् ।
पछाईको मृत्युबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4