+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कृत्रिम तालमा डुबेका पुरुषको शव दुई दिनपछि भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ८ गते १५:३०

८ भदौ, दाङ । दाङको घोराही उपमहानरपालिका–१७ स्थित कृत्रिम तालमा डुबेर बेपत्ता भएका अमर चौधरीको शव फेला परेको छ ।

तालमा डुबेको दुई दिनपछि चौधरीको शव फेला परेको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए । बुधबार पौने १ बजेतिर उनको शव फेला परेको हो ।

चौधरी सोमबार दिउँसो ११ बजे घुङ्गी खोज्न जाँदा तालमा डुबेर बेपत्ता भएका थिए । लगत्तै गोताखोरको टोली, सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोलीले घटनास्थल पुगेर दुई दिनसम्म उनको शव खोजी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?