
२३ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा २२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार जार ४०१ परीक्षणमा २२७ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार ५१८ पीसीआर परीक्षणमा १३७ जना र दुई हजार ८८३ एन्टिजेन परीक्षणमा ९० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १६८ जना संक्रमणमुक्त भएका छन् र कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ ।
हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या दुई हजार ४७३ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4