+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

वाइ-फाइ नेपालको दशैं अफर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २७ गते १८:५८

काठमाडौं । इन्टरनेट सेवा प्रदायक वाइ-फाइ नेपालले दशैं अफर ल्याएको छ । यस योजना अन्तर्गत ३० एमबीपीएस गतिको इन्टरनेट प्रयोग गरिरहेका ग्राहकलाई निःशुल्क रूपमा ५० एमबीपीएसमा अपग्रेड हुने मौका दिने कम्पनीले जनाएको छ। यसको अर्थ पहिले ३० एमबीपीएस इन्टनेट जडान गरेका ग्राहकले अब उही शुल्कमा ५० एमबीपीएसको इन्टरनेट पाउनेछन् ।

त्यसैगरी पहिले ५० एमबीपीएस इन्टरनेट प्रयोग गरिरहेका प्रयोगकर्ताले ३० एमबीपीएसकै शुल्क तिरेर नवीकरण गर्न सक्नेछन् । वार्षिक ६ हजार २१५ रुपैयाँ तिरेर प्रयोगकर्ताले ५० एमबीपीएसको इन्टरनेट जडान गर्न सक्ने कम्पनीको भनाइ छ ।

त्यस्तै वाइ-फाइ नेपालले आफ्नो सेवामा ८० एमबीपीएसको सुविधा ल्याएको छ । यसअन्तर्गत ८ हजार ४७५ रुपैयाँमा एक वर्षका लागि ८० एमबीपीएस इन्टरनेट जडान गर्न सकिने कम्पनीले बताएको छ ।यससँगै प्रयोगकर्ताले नवीकरणका लागि न्यूनतम तीन महिनाको शुल्क तिरे पुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?