
२८ भदौ, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मंगलबार पनि बयानका लागि महाअभियोग सिफारिस समितिमा उपस्थित भएका छन् ।
समितिका अनुसार उनको बयान मंगलबार सकिन्छ । समितिले चोलेन्द्रविरुद्ध तयार पारेका प्रश्नमध्ये अब ८ वटा सोध्न बाँकी भएको बताएको छ ।
हालसम्म उनले सिफारिस समितिले तयार गरेको ३५ प्रश्नको जवाफ दिएका छन् । प्रधानन्यायाधीश जबराले आठवटा प्रश्नको जवाफ दिएपछि प्रतिप्रश्न पनि सोध्ने तयारी भएको सिफारिस समितिका सदस्य कांग्रेस सांसद मीन विश्वकर्माले बताए ।
बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले न्यायपालिकालाई आँच आउने गरी आफूले कुनै पनि काम नगरेको र आफूलाई महाअभियोग लगाउनुपर्ने कुनै पनि कारण नभएको दावी गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4