+

सिमरामा ‘दोश्रो अन्तर्राष्ट्रिय सिमरा भेट्रान कप २०७९’ सुरु

२०७९ भदौ  २९ गते १९:०९ २०७९ भदौ २९ गते १९:०९
सिमरामा ‘दोश्रो अन्तर्राष्ट्रिय सिमरा भेट्रान कप २०७९’ सुरु

२९ भदौ, वीरगञ्ज । बाराको सिमरामा दोस्रो अन्तराष्ट्रिय भेट्रान कप २०७९ सुरु भएको छ । स्वर्गीय मञ्जुदेवी गुप्ताको स्मृतिमा सिमरा रंगशालामा प्रतियोगिता सुरु भएको हो ।

सिमरा भेट्रान क्लबले आयोजना गरेको प्रतियोगिता असोज १ गतेसम्म चल्नेछ । प्रतियोगिताको पूर्व श्रम तथा रोजगार मन्त्री किशान श्रेष्ठले उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै श्रेष्ठले खेल क्षेत्रको विकासको निम्ति सकेको सहयोग गर्ने प्रतिबद्धता जनाए । खेल र खेलाडीको क्षमता विकास गर्न आवश्यक रहेको बताउँदै उनले सिमरा भेट्रान कपले सिमरा क्षेत्रमा खेलकुदको विकामा ठूलो भूमिका खेल्ने बताए ।

मधेश प्रदेशकी प्रदेशसभा सदस्य शोभा लामाले स्वस्थ जीवनशैलीका लागि खेलकुद आवश्यक रहेको बताइन् । स्वर्गीय मञ्जुदेवी गुप्ताका छोरा नेपाली काँग्रेसका महासमिति सदस्य श्यामबाबु गुप्ताले आमाको स्मृतिमा प्रतियोगिताको आयोजना गरेका हुन् ।

प्रतियोगितामा १६ वटा समूह सहभागी हुँदै छन् । बागमती भेट्रान, भेट्रान सिटि भेट्रान विरगञ्ज, भुटनदेवी भेट्रान, वीरगञ्ज सिटि भेट्रान, काल भैरव भेट्रान हेटौडा, मोरङ भेट्रान, अभिषेक चर्च परासी, नागसोती भेट्रान हेटौडा, चितवन भेट्रान चितवन, विरगञ्ज युथ एकेमेडमी भेट्रान, काठमाण्डौ भेट्रान, कलकत्ता भेट्रान भारत, डेभिल्स भेलिसेन्ट भेट्रान पोखरा, दार्जिलिङ भेट्रान भारत, सिमरा भेट्रान ए र सिमरा भेट्रान बि सहभागी छन् ।

बिजेतालाई १ लाख ५० हजार र उपबिजेताले ७५ हजार नगद पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजक चौधरीले बताए ।

बाराको सिमरा सिमरा सिमरा रंगशाला
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय